मंगलबार, भदौ २३, २०८३

चुनावबारे आयोगसँग छलफल थाले प्रधानमन्त्रीले

प्रधानमन्त्री केपी ओलीले मध्यावधि निर्वाचनको घोषणा गरेसँगै यसबारे निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग छलफल थालेका छन्। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले मध्यावधि निर्वाचनको घोषणा गरेसँगै यसबारे निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग छलफल थालेका छन्। 

आजमात्रै चुनाव घोषणा गरेका प्रधानमन्त्रीले आजै उनीहरुलाई आफ्नो निवासमा बोलाएर छलफल गरेको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र नेकपा नेता सुवास नेम्वाङ पनि सहभागी थिए।

सरकारको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुका साथै आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेकी छन्। 

प्रकाशित: Dec 20, 2020| 11:09 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।