मंगलबार, भदौ २३, २०८३

ओलीले गुण्डाहरुको ग्याङ चलाइरहेका छन् : यादव

नेकपाका नेता एवम् पूर्व मन्त्री मातृका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलभन्दा पनि गुण्डाहरुको ग्याङ चलाइरहेको आरोप लगाएका छन्।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

जनकपुरधाम- नेकपाका नेता एवम् पूर्व मन्त्री मातृका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलभन्दा पनि गुण्डाहरुको ग्याङ चलाइरहेको आरोप लगाएका छन्।

पार्टीलाई नै धरापमा पुर्‍याउने व्यक्ति कदापी नेता हुन सक्दैन भन्दै नेता यादवले प्रधानमन्त्री ओली गुण्डाहरुको नाइके रहेको बताए। 

आज महोत्तरीको बर्दिबासमा नेकपा समर्थित विद्यार्थी भेलालाई सम्बोधन गर्दै यादवले प्रधानमन्त्री ओली राजनीतिभन्दा पनि षड्यन्त्र गर्न निपूर्ण रहेको आरोप लगाए।

‘प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु भएको समाचारले मलाई आशचर्यचकित तुल्याएन।’ नेता यादवले भने ‘म ओली प्रवृत्तिको भुक्तभोगी हुँ र त्यसैले मैले कमरेड प्रचण्डलाई यसतर्फ पटकपटक सचेत समेत गराएको हुँ।’

‘उनी हिरो होइनन्, भिलेन हुन्।’ यादवले भने ‘ त्यसैले उनले ग्याङ चलाएका हुन् पार्टी होइन्, उनले पार्टीको शुद्धिकरण नगरी अपराधीकरण गरेका हुन्।’

प्रकाशित: Dec 20, 2020| 11:01 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।