काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गर्ने र मध्यावधि घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको निन्दा गरेको छ।
आइतबार प्रधानमन्त्री ओलीले संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणा गरेपछि आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीको कदमको निन्दा गरेको हो।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले प्रधानमन्त्रीको कदम असंवैधानिक र लोकतन्त्रविरोधी भएको ठहर गरेको छ।
‘बैठकले प्रधानमन्त्रीको कदमको निन्दा गर्ने निर्णय गरेको छ। यो असंवैधानिक र लोकतन्त्र विरोधी छ। कांग्रेसलाई लोकतन्त्रविरोधी कुनैपनि कार्य स्विकार्य हुन सक्दैन,’ बैठकपछि सह–महामन्त्री डा. प्रकाशशरण महतले भने, ‘मंगलबार केन्द्रीय समिति ठाकिएको छ। त्यही बैठकबाट आगमी रणनीति तयार गरेर अघि बढ्नेछौं।’