मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढी : ओलीपक्ष कार्यकर्ता होटेलमा, इतरपक्ष सडक प्रदर्शनमा

धनगढी : ओलीपक्ष कार्यकर्ता होटेलमा, इतरपक्ष सडक प्रदर्शनमा

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि धनगढीमा दुईवटा फरक दृष्य देखिएका छन्।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि धनगढीमा दुईवटा फरक दृष्य देखिएका छन्।

नेकपा अध्यक्षसमेत रहेका ओली पक्षीय नेता कार्यकर्ताहरु धनगढीको एक होटेलमा ‘पार्टी एकताको लागि दबाब दिन’ भन्दै भेला भएका छन्।

ओली पक्षधरले पार्टी एकताका लागि प्रदेश स्तरीय युवा अभियान कार्यक्रम गरिरहेको छ।

पूर्व निर्धारित कार्यक्रमअनुसार पार्टी एकताका लागि प्रदेश स्तरीय युवा दबाब अभियान नाम दिएर युवा संघले भेलाको आयोजना गरेको हो। 

धनगढीको ओम प्यालेसमा भएको ओली पक्षीय भेलामा नेकपा सुदूरपश्चिमका प्रदेश अध्यक्ष कर्णबहादुर थापा लगायतका नेताहरुको सहभागिता छ।

अर्कोतर्फ इतरपक्षका नेता कार्यकर्ताहरु ओलीको कदमविरुद्ध सडक प्रदर्शनमा उत्रिएका छन्।
उनीहरुले ओलीले चालेको असंवैधानिक कदमविरुद्ध नाराबाजी गरिरहेका छन्।

प्रकाशित: Dec 20, 2020| 10:55 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।