मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाललाई प्रधानमन्त्री बनाउने ९० सांसदको प्रस्तावपछि ओलीद्वारा संसद् विघटन सिफारिस

दाहाललाई प्रधानमन्त्री बनाउने ९० सांसदको प्रस्तावपछि ओलीद्वारा संसद् विघटन सिफारिस

नेकपाका ९० जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरे।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– आफू विरुद्ध नेकपाका ९० जना सांसदले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस लिएर राष्ट्रपति निवास पुगेको पाइएको छ।

ती सांसदहरुले प्रधानमन्त्री ओलीलाई पदबाट हटाएर अर्का अध्यक्ष दाहाललाई प्रधनमन्त्री बनाउने प्रस्ताव गरेका थिए। 

नेकपाका सांसदहरु भीम रावल, पम्फा भुसाललगायतले आइतबार बिहान साढे १० बजे संसद् सचिवालयमा पुगेर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको सचिवालय स्रोतले जानकारी दियो।

प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा केही मन्त्रीहरु पनि छन्। तीमध्ये केही मन्त्रीले राजीनामा घोषणा गरिसकेका छन्।

आफूलाई पदबाट हटाई दाहाललाई प्रधानमन्त्री बनाउने ९० जना सांसदको प्रयासपछि ओलीले संसद विघटनको बाटो रोजेका हुन्। संघीय संसद्मा नेकपा १७४ सदस्य छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको छ भने ताजा जनादेशका लागि २०७८ वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा भएको छ।

प्रकाशित: Dec 20, 2020| 10:53 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।