काठमाडौं– पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै हालसम्म संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ८हजार ३२० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ९७ छ । हालसम्म २ लाख ४३ हजार ६६४जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ छ । हालसम्म १ हजार ७८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।