मंगलबार, भदौ २३, २०८३

प्रतिनिधिसभा विघटनको प्रतिवाद गर्न जसपाको आह्वान

जनता समाजवादी पार्टी जसपाले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमको प्रतिवाद गर्न आह्वान गरेको छ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं- जनता समाजवादी पार्टी जसपाले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमको प्रतिवाद गर्न आह्वान गरेको छ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक विज्ञप्ति जारी गरी ओलीको यो गैरसंवैधानिक कदमको विरोध गर्न सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई आह्वान गरेको हो।

जसपाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक कदम हुनुका साथै यो संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार भएको ठहर गरेको छ।

साथै जसपाले विरोधका आगामी कार्यक्रमका लागि यथासिघ्र बैठक बसाल्नेसमेत जनाएको छ।

प्रकाशित: Dec 20, 2020| 10:41 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।