मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियार प्रमुखमा राई, मानवअधिकार आयोगमा मगर सिफारिस (सिफारिसको सूचीसहित)

अख्तियार प्रमुखमा राई, मानवअधिकार आयोगमा मगर सिफारिस (सिफारिसको सूचीसहित)

संवैधानिक परिषद्ले संवैधानिक निकायहरुमा रिक्त रहेका पदहरुमा सिफारिस गरेको छ। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– संवैधानिक परिषद्ले संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा सिफारिस गरेको छ। 

परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरेको छ। त्यसैगरी सदस्यहरुमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल सिफारिस भएका छन्। 

निर्वाचन आयोगमा रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर सिफारिस भएका छन्। 

मानव अधिकार आयोगको अध्यक्षमा अध्यक्ष तपबहादुर मगर र सदस्यहरुमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिलि बस्नेत थापा र मिही ठाकुर सिफारिस भएको स्रोत बताउँछ। 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा जुद्ध गुरुङ र सदस्यमा अमरराज मिश्र सिफारिस भएका छन्।  

महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा सिफारिस छन्। 

दलित आयोगको अध्यक्षमा देवराज विक र सदस्यहरुमा मिना सोभ, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्कीलाई सिफारिस भएका छन्। 

राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री र सदस्यहरुमा रामचन्द्र जोशी, हरिभक्त जोशी, 
जितेन्द्र पाश्वान छन्। 

आदिवासी आयोगमा रामबहादुर थापा अध्यक्षमा र सदस्यमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना र चरण राई सिफारिसमा परेका छन्। 

मधेसी आयोगमा जिवक्ष साह, रेणुदेवी साह र विजय गुप्ता सिफारिस छन्।

थारु आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु र भोलाराम चौधरी सिफारिस भएका छन्। 

मुस्लिम आयोगमा महमुद्दिम अलि र मिर्जा अर्सद बेग सिफारिस भएको स्रोतले जानकारी दिएको छ। 

संवैधानिक परिषद्बाट सिफारिस भएका संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ हुने प्रावधान छ। समितिबाट स्वीकृत भएपछि राष्ट्रपतिले नियुक्त गर्छन्। तर, अहिले संसद् नभएकाले सिधै राष्ट्रपतिले नियुक्त गर्ने अवस्था देखिएको छ।
 

प्रकाशित: Dec 20, 2020| 10:24 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।