विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली कांग्रेस विराटनगरपले प्रदर्शन गरेको छ।
कांग्रेसले ओलीले असंवैधानिक कदम चालेर जननिर्वाचित सभालाई विघटन गरेको आरोप लगाएको छ।
ओलीले गणतन्त्रमाथि कु गरेको, अधिनायवादी चरित्र प्रदर्शन गरेको र पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर मुलुकलाई अनिष्टतिर धकेलेको कांग्रेसको आरोप छ।
कांग्रेसको प्रदर्शन तीनपैनीबाट सुरु भएर जनआन्दोलन चोकमा पुगी कोणसभामा परिणत भएको थियो।
ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेसले अझै कडा आन्दोलन गर्ने कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताए।