मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद विघटनको विरोधमा सुर्खेतमा नेकपाका जनवर्गीय संगठनको प्रदर्शन

संसद विघटनको विरोधमा सुर्खेतमा नेकपाका जनवर्गीय संगठनको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिसभा विघटनको विरोधमा सुर्खेतमा नेकपाकै जनवर्गीय संगठनहरुले प्रदर्शन गरेका छन्।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

सुर्खेत- प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिसभा विघटनको विरोधमा सुर्खेतमा नेकपाकै जनवर्गीय संगठनहरुले प्रदर्शन गरेका छन्।

साथै विवेकशील साझा पार्टीले पनि प्रदर्शन गरेको। विवेकशील साझा पार्टी कर्णाली प्रदेशले वीरेन्द्रनगरको कालिन्चौकमा प्रर्दशन गरेको हो भने नेकपाका कार्यकर्ताहरुले पार्टी कार्यालय हटियालाइनमा पदर्शनको तयारी गरेका छन्। 

प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमबाट लोकतन्त्रमाथि ‘कु’ गरेको भन्दै नेकपा सम्बद्ध जनबर्गीय संगठनहरुले विरोध प्रर्दशनको तयारी गरेका छन्।

प्रदर्शनका लागि अहिले नेकपाका जनबर्गिय संघगठहरु पार्टी कार्यालयमा जम्मा भइरहेका छन्। कार्यकर्ताहरुले केही वीरेन्द्रनगर बजार क्षेत्रमा बिरोध प्रदर्शन गर्ने नेकपा सम्बद्ध विद्यार्थी नेता राजेन्द्र बुढाले बताए।

प्रकाशित: Dec 20, 2020| 10:13 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।