काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको बताएका छन्।
३-४ घण्टाको सोचविचारपछि उपाध्यक्ष गौतमले ओलीको कदम गलत भएको ठहर गरेका हुन्। यसअघि प्रधानमन्त्री ओलीले संसद विघटन गर्नासाथ गौतमले संसद विघटनमा आफ्नो न समर्थन न विरोध रहेको बताएका थिए।
आइतबार दिउँसो एक नोटिस जारी गर्दै गौतमले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले य संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिसभा विद्दटन गर्न राष्ट्रपतिबाट सिफारिस गराउने गैर संवैधानिक कदम गलत र भत्र्सना योग्य छ।’
गौतमले प्रधानमन्त्रीको यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्नेसमेत बताएका छन्।
