काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ।
राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेर फर्किएका प्रधानमन्त्री ओलीसँग दाहालले संसद् विघटन गर्नुको औचित्यबारे प्रश्न उठाएका छन्।
दाहाल निकट स्रोतका अनुसार एकलौटी रुपमा गरिएको संसद् विघटन सिफारिस कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने धारणा दाहालले ओलीसँग राखेका थिए।
ओलीको कदमबार वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरूसँग भेट गरी दाहाल स्थायी कमिटी बैठकका लागि बालुवाटार पुगेका हुन्।
नेकपा स्थायी कमिटी बैठक केही बेरमा बस्दै छ।