मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली कदमको सशक्त प्रतिकार गर्ने दाहाल–नेपाल समूहको निर्णय

ओली कदमको सशक्त प्रतिकार गर्ने दाहाल–नेपाल समूहको निर्णय

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद विघटन गर्ने प्रस्तावको सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद विघटन गर्ने प्रस्तावको सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव ल्याएपछि चाल्नुपर्ने थप रणनीतिबारे छलफल गर्न दाहाल निवास खुमलटारमा बसेको दाहाल–नेपाल लगायतका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो।

वरिष्ठ नेता झलनाथ खनालले संसद् विघटन गर्ने प्रधानमन्त्री ओली कदमको प्रतिकार गर्ने निर्णय भएको जानकारी दिए। बैठकमा नेताहरुले संसद विघटनको प्रस्ताव र त्यसपछि उत्पन्न हुन सक्ने परिस्थितिबारे आआफ्ना धारणा राखेका थिए। 

नेता खनालले आज बोलाइएको स्थायी कमिटी बैठक बस्ने र आवश्यक निर्णय लिइने बताए।

प्रकाशित: Dec 20, 2020| 07:58 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।