काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दुई तिहाइको सरकारले जनमतको अपमान गरेको बताएका छन्। उनले ओली सरकार अब पूर्णतः नांगो भइसकेको भन्दै ओलीक्रेसीको प्रतिवाद गर्न आह्वान गरेका छन्।
‘दुई तिहाइको सरकार यति ठूलो जनमत लाई लत्याएर संसद् विघटनको मोडमा छ। जनमतको योभन्दा ठूलो अपमान अर्कोे केही हुनै सक्दैन,’ उनले ट्विट गर्दै भनेका छन्, ‘स्थापना भएदेखि उदांगिएको ओली सरकार अब पूर्णतः नांगो भइसकेको छ। ओलीक्रेसीको प्रतिवाद गरौं, देशलाई थप संकटमा जानबाट रोकौं।’