मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'ओलीले संवैधानिक ‘कू’ गरे, यसका विरुद्ध एकजुट हुनुपर्छ'

'ओलीले संवैधानिक ‘कू’ गरे, यसका विरुद्ध एकजुट हुनुपर्छ'

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसद् विघटन गर्ने प्रस्ताव अघि सारेर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन्। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसद् विघटन गर्ने प्रस्ताव अघि सारेर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन्। 

प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गरेका छन्। ओलीको यो कदमको चौतर्फी आलोचना भइरहेको छ। नेता महतोले ओलीले लोकतन्त्र विरोधी काम गरेको बताए।  

‘यो असंवैधानिक कदम हो। लोकतान्त्रिक मूल्य मान्यविपरीतको काम भएको छ। यो संवैधानिक कू समेत हो,’ उनले भने, ‘ओलीको लोकतन्त्र विरोधी कदमका विरुद्ध एकजुट हुनुपर्छ। हामी अनौपचारिक छलफल गरिरहेका छौं। आगामी रणनीति चाँडै तय गरेर अघि बढ्नेछौं।’

प्रकाशित: Dec 20, 2020| 07:12 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।