मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीको अधिनायकवादी आकांक्षा असफल पार्न कांग्रेसको आह्वान

प्रधानमन्त्री ओलीको अधिनायकवादी आकांक्षा असफल पार्न कांग्रेसको आह्वान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी आकांक्षालाई असफल पार्न आह्वान गरेको छ। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी आकांक्षालाई असफल पार्न आह्वान गरेको छ। 

आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसले संसद् विघटन गर्ने सरकारको सिफारिस संविधानको मर्म र भावना विपरीत भएको बताएको हो। 

प्रधानमन्त्रीको संसद विघटनको अस्त्र अधिनायकवादको अन्तिम प्रयत्नको रुपमा लिएको भन्दै कांग्रेसले उक्त अस्त्रलाई असफल पार्ने जनाएको छ। 

कांग्रेसले भनेको छ, ‘चुनावको बेला स्थिरताको चर्को नारा दिएर पार्टीभित्रको द्वन्द्वको परिणाम मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ।’

असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपतिलाई कांग्रेसले आग्रह पनि गरेको छ। 

प्रकाशित: Dec 20, 2020| 06:57 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।