काठमाडौं– नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसप्रति तटस्थ धारणा सार्वजनिक गरेका छन्।
मन्त्रिपरिषदको आकस्मिक बैठकले गरेको संसद विघटनको सिफारिसप्रति सर्वत्र निन्दा र आलोचना भइरहेका बेला नेता गौतमको यस्तो धारणा बाहिर आएको हो।
नेकपा उपाध्यक्ष गौतमले सामाजिक सञ्जालमा लेखेका छन्–‘संसद भंगः मेरो न समर्थन छ, न विरोध। पर्ख र हेरको अवस्थामा छु।’
गौतमलाई शनिबार खुमलटारमा नेकपाका दुई अध्यक्षको छलफलका क्रममा ओलीले पार्टी अध्यक्ष बन्न प्रस्ताव गरेका थिए।