मंगलबार, भदौ २३, २०८३

खुमलटारमा भेला भए दाहालनिकट नेताहरु 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेसँगै सत्तारुढ नेकपाका कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरु खुमलटारमा भेला भएका छन् । 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेसँगै सत्तारुढ नेकपाका कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरु खुमलटारमा भेला भएका छन् । 

बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु दाहाल निवास खुमलटारमा छलफलमा जुटेका हुन् । 

जारी छलफलबाट प्रधानमन्त्रीको कदमका विषयमा ठोस धारणा बनाउने र स्थायी कमिटी बैठकबाटै निर्णय गरेर अघि बढ्ने उनीहरुको तयारी छ । 

आज दिउँसो बस्ने गरी स्थायी कमिटीको बैठक डाकिएको थियो ।  स्थायी कमिटी बस्नु केहि घण्टाअघि ओलीले संसद् विघटनको निर्णय गरेका हुन् ।  संसद् विघटनको सिफारिस राष्ट्रपति समक्ष पुगेको छ ।  

प्रकाशित: Dec 20, 2020| 06:15 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।