मंगलबार, भदौ २३, २०८३

जनताले नेकपालाई दिएको मतको वैधता सकियो : गगन थापा 

नेपाली कांग्रेसका नेता गगन थापाले जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्। 

थापाले मन्त्रिपरिषदले संसद् विघटन गर्ने सिफारिस गरेसँगै नेकपालाई जनताले पाँच वर्षको लागि दिएको मतको वैधता सकिएको बताएका हुन्। 

थापाका अनुसार संविधानमा पाँच वर्ष संसद् चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। 

संविधान विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेको थापाले बताएका छन्। 

उनले भनेका छन्, ‘यो निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।’

आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेको छ।  
 

प्रकाशित: Dec 20, 2020| 06:04 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।