मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको कदम राष्ट्रपतिले सच्याउनुपर्छ : कोइराला

प्रधानमन्त्रीको कदम राष्ट्रपतिले सच्याउनुपर्छ : कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको सिफारिस असंवैधानिक र गैरजिम्मेजारपूर्ण भएको बताएका छन्। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको सिफारिस असंवैधानिक र गैरजिम्मेजारपूर्ण भएको बताएका छन्। 

साामजिक संजाल ट्वीटरमार्फत डा. कोइरालाले ओलीले असंवैधानिक कदम चालेको बताएका हुन्। उनले ओलीको कदमले मुलुकमा द्वन्द्व र अस्थिरताको डरलाग्दो श्रृंखला निम्त्याउन सक्ने भन्दै उनले यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनुपर्ने बताएका छन्। 

‘दलभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्‍त्री केपी ओलीको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक र गैरजिम्मेवारपूर्ण छ। यसले मुलुकमा फेरि द्वन्द्व र अस्थिरताको डरलाग्दा श्रृखंला निम्त्याउनसक्छ। यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनुपर्छ,’ कोइरालाले भनेका छन्।

प्रकाशित: Dec 20, 2020| 05:48 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।