काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयको डटेर विरोध गर्ने भएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकोले त्यसका विरुद्ध कांग्रेस डटेर लाग्ने बताएका छन्।
‘प्रधानमन्त्री नर्विाचित भएदेखि नै ओलीजी कहिले संविधान र लोकतन्त्रको रक्षा गर्न लाग्नुभएको थिएन। अहिले उहाँले जुन कदम चाल्नुभएको छ। यो असंवैधानिक छ,’ नेता खाँडले भने, ‘कांग्रेस संविधान र लोकतन्त्रको रक्षाका लागि डटेर लाग्नेछ।’
खाँडले संविधानले समेत संसद विघटनको परिकल्पना नगरेको अवस्थामा संसद भंग गर्ने सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न नमिल्ने बताए।
‘यदी राष्ट्रपतिले त्यो सिफारिस अनुमोदन गर्नुभयो भने उहाँ पनि यसको मतियार ठहरिनुहुनेछ,’ उनले भने।