मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्त्रीको कदमविरुद्ध एक हुन बाबुराम भट्टराईको आह्वान

प्रधानन्त्रीको कदमविरुद्ध एक हुन बाबुराम भट्टराईको आह्वान

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको बताएका छन्। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको बताएका छन्। 

प्रधानमन्त्री ओली संसद् विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि भट्टराईले ओलीको कदम विरुद्ध एक हुन कांग्रे, नेकपाभित्रका लोकतान्त्रिक शक्ति र सबै राजनीतिक दललाई आह्वान गरेका छन्।

‘प्रधानमन्त्रीले चालेको कदम अंवैधानिक छ। त्यसका विरुद्ध एक हुन कांग्रेस, नेकपा भित्रका लोकतान्त्रिक शक्ति र सबै राजनीतिक दललाई आह्वान गर्दछु,’ भट्टराईले भने, ‘नेपालको शासकिय प्रणाली सुधार गर्नुपर्छ भनेर मैले आवज उठाउँदै आएको छु। राष्ट्रपति र पूर्ण समानुपातिक संसद हुनुपर्छ भनेर मैले भन्दै आएको छ। प्रधानमन्त्रीको कदमले त्यो त्रुटी सच्चाउनुपर्छ भन्ने पुष्टि गरेको छ।’

प्रकाशित: Dec 20, 2020| 05:20 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।