काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरे लगत्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
ओलीलाई भेट्न दाहाल केहिबेर अघि बालुवाटार पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
पार्टी भित्रको आन्तरिक विवाद पेचिलो बन्दै गएसँगै ओलीले आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमार्फत संसद् विघटनको सिफारिस गरेका हुन् । उक्त निर्णयका विषयमा छलफल गर्न दाहाल बालुवाटा पुगेका हुन् ।