मंगलबार, भदौ २३, २०८३

डोल्पाको डाँफे ललितपुरको चिडियाखानामा 

मध्यवर्ती क्षेत्रका एक स्थानीयवासीले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाडौँ लैजान लागिएको निकुञ्जले जनाएको छ ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

डोल्पा- डोल्पाबाट राष्ट्रिय पक्षी डाँफेलाई ललितपुरस्थित चिडियाखाना लगिने भएको छ । 

मध्यवर्ती क्षेत्रका एक स्थानीयवासीले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाडौँ लैजान लागिएको निकुञ्जले जनाएको छ ।

एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका–२ रसीगाँउ बस्ने स्थानीय वीरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको अस्थामा उद्धार गरी निकुञ्जमा बुझाएका थिए । 

सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । 

डाँफेलाई निकुञ्ज कार्यालयमा सुरक्षित राखिएकाले केही दिनभित्रै काठमाडौँ लैजाने तयारी भइरहेको पौडेलको भनाइ छ । 

एक महिनायता दुई घोरल र एक डाँफेसहित तीन संरक्षित वन्यजन्तु स्थानीयवासीले नै उद्धार गरी निकुञ्ज कार्यालयमा बुझाएका छन् ।

पछिल्लो समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई वन्यजन्तु संरक्षणमा जागरुक बनाउन निकुञ्ज सफल भएको सरोकारवालको भनाइ छ । 

संरक्षणका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्ति वा संस्थालाई निकुञ्जले पुरस्कारसमेत दिँदै आएको छ । –रासस

प्रकाशित: Dec 20, 2020| 04:35 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।