मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको स्थायी कमिटी बैठक आज, ओलीको सहभागिता अन्योलमा

नेकपाको स्थायी कमिटी बैठक आज, ओलीको सहभागिता अन्योलमा

ओली बैठक पूर्व कुनै सहमति भए सहभागी हुने, नभए नहुने मनस्थितिमा रहेको उनीनिकट स्रोतले जनाएको छ । 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं- आन्तरिक विवादमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । 

दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने नहुने अन्योल कायमै छ। ओली बैठक पूर्व कुनै सहमति भए सहभागी हुने, नभए नहुने मनस्थितिमा रहेको उनीनिकट स्रोतले जनाएको छ । 

सहमतिका लागि प्रधानमन्त्री ओली शनिबार दिनभर सक्रिय भएका थिए । ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुलमटार पुगे पनि कुनै ठोस सहमति भने भएको छैन ।

उनले दाहाललाई स्थायी कमिटीमा पेश भएको प्रतिवेदन फिर्ता लिन आग्रह गरेका थिए भने दाहालले सबै कुराको छिनोफानो स्थायी कमिटीले गर्ने अडान राखेका थिए । 

ओलीले हिजै सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालाई उनकै सरकारी निवास पुल्चोकमा गएर भेटेका थिए ।  सहमतिका लागि भूमिका खेल्न थापालाई ओलीले आग्रह गरेको स्रोतले जनाएको छ । यस्तै प्रधानमन्त्री ओलीले हिजै नेताहरुसँगको भेटवार्ता सकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए । 

आजको बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । यद्यपी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली सहभागी नभए बैठक अघि बढाउने की नबढाउने भन्ने विषयमा दाहाल र माधव नेपाल समूहले ठोस धारणा बनाइ सकेका छैनन् । 

प्रधानमन्त्री ओलीले भने शीर्ष तहमा सहमति गरेर मात्र बैठक गर्न आग्रह गरिरहेका छन् भने दाहाल नेपाल समुह बैठकलाई विस्तारै निर्णायक चरणतर्फ प्रवेश गराउने तयारीमा छन् । 

प्रकाशित: Dec 20, 2020| 03:19 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।