मंगलबार, भदौ २३, २०८३

काममा फर्कन आतुर छन् पर्यटक गाइड

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपााल पर्यटन बोर्डको सहयोगमा सञ्चालित पर्यटन गाइड तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।  
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

पोखरा– नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपााल पर्यटन बोर्डको सहयोगमा सञ्चालित पर्यटन गाइड तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।  

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले पर्यटन क्षेत्रमा गाइडहरूको ‘हस्पिटालिटी’ले मूख्य भूमिका खेल्ने बताए। 

‘अधिकांश पर्यटकले गाइडलाई विश्वास गर्छन्, पर्यटकलाई सही सूचना र राम्रो आतिथ्यता दिएर मन जित्न सक्नुपर्छ,’ ढकालले भने, ‘तालिमबाट सिकेको कुरा व्यवहारमा पनि लागु गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’ 

उनले कोभिड– १९ पछि  पर्यटन क्षेत्रले नयाँ मोड लिएको उल्लेख गर्दै स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा प्रवाहमा पर्यटन क्षेत्रले ध्यान दिनुपर्ने बताए। 

पर्यटन व्यवसायी र सरकारबीच सहकार्य र समन्वयबाट मात्र पर्यटनले गति लिन सक्ने जनाउँदै उनले पर्यटकीय गन्तव्य पूर्वाधार निर्माण प्रदेश सरकारले अध्ययन गरेर अघि बढेको जानकारी दिए।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को सहकार्यमा अघिल्लो पुस ७ गतेदेखि सुरु भएको ३ सय घन्टाको तालिममा सहभागीलाई कोभिड–१९ का कारण रोकिएको प्रमाणपत्र वितरणसँगै सहभागीले लाइसेन्स लिने बाटो खुलेको पनि बताए।

पोखरा १८ का अध्यक्ष रणबहादुर थापाले सराङकोटमा पर्यटन विकासका पूर्वाधारहरू बनिरहेको जानकारी दिँदै, कोभिड १९ पछि पर्यटकको आगमन बढ्दै जाने विश्वास व्यक्त गरे। 

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटक गाइडहरुले देशको भाषा संस्कृति र भौगोलिक अवस्थितिको बारेमा राम्रो जानकारी लिनु पर्ने बताए। 

उनले भने, ‘राम्रो ज्ञानले मात्र विदेशी पर्यटकलाई नेपालको मौलिक संस्कृति र यहाँको गन्तव्यको चिनारी गराउन सकिन्छ।’    
नाट्टाका निवर्तमान अध्यक्ष सन्तोष पोखरेलले अब सुरक्षित भएर पर्यटन क्षेत्र चलायमान गराउनु पर्ने बताए।  

तालिमका सहभागी विद्या अधिकारी र भोजराज तिवारीले पर्यटकलाई गाइड गर्दा अपनाउनुपर्ने धेरै विषय तालिमबाट सिक्न पाएको उल्लेख गर्दै विदेशी पर्यटकलाई देश घुमाउन आतुर रहेको बताए।

संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले तालिमप्राप्त दक्षजनशक्तिले पर्यटकका लागि गुणस्तरीय सेवा दिन सहयोग पुग्ने भएकाले युवालाई तालिम प्रदान गरेको बताए। 

नाट्टाका महासचिव कमला गिरीका अनुसार तालिममा २६ जनाको सहभागिता  रहेको जानकारी दिए। 

प्रकाशित: Dec 20, 2020| 03:11 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।