मंगलबार, भदौ २३, २०८३

विराटनगरमा आगलागी, एक बालकको मृत्यु, दुई जना घाईते

गएराति विराटनगरमा आगलागीमा परेर एक बालकको मृत्यु भएको छ। आगलागीबाट दुई जना घाईते भएका छन्। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

विराटनगर– गएराति विराटनगरमा आगलागीमा परेर एक बालकको मृत्यु भएको छ। आगलागीबाट दुई जना घाईते भएका छन्। 

जाडो छल्न बालेको घुरले विराटनगर १४ झटियाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोरा रविनदासको जलेर मृत्यु भएको हो। 

आगलागीमा परि ३२ वर्षीय श्रीमती इन्दुदेवीदास र ७ वर्षीय छोरा किसनकुमार दास जलेर घाइते भएका छन्। राजेशकुमार भने शनिबार पाहुना गएका थिए। 

घाइतेको कोशी अस्प्ताल विराटनगरमा उपचार भइरहेको छ। 

चिसोमा घुर  ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो। सुतिरहेको  अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले बताए। 

आगलागीमा ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Dec 20, 2020| 02:40 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।