मंगलबार, भदौ २३, २०८३

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, आज ४.३ डिग्री 

१.६ डिग्री सम्ममा झरेको काठमाडौंको न्यूतम तापक्रम आज ४.३ डिग्रीमा चढेको छ ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं- आकाशमा तुवाँलो लागेसँगै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ । 

आइतबार बिहान ६ बजे गरिएको मापनअनुसार काठमाडौंको न्यूतम तापक्रम ४.३ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको न्यूनतम तापक्रम १.६ डिग्री सम्ममा झरेको थियो । 

शुक्रबार १.६ डिग्री रहेकोमा शनिबार न्यूनतम तापक्रम २ डिग्रीमा चढेको थियो । आज ४.३ डिग्री पुगेको हो ।

रातमा सुख्खा हावा नचलेका कारण बसेको तुवाँलोले काठमाडौंको न्यूनतम तापक्रम बढाएको बरिष्ठ मौसमविद् मिनकुमार अर्यालले नेपाल समयलाई जानकारी दिए । 

उनका अनुसार रातमा सुख्खा हावा बढी चढ्यो भने न्यूनतम तापक्रम घट्छ । तर शनिबार राती सुख्खा हावा नचलेका कारण तुवाँलो बसेसँगै न्यूनतम तापक्रम बढेको हो । 

न्यूनतम तापक्रम बढेपनि अधिकतम भने तापक्रम घट्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौंका अधिकतम तापक्रम १६ देखि १८ डिग्री पुग्ने अनुमान गरिएको छ ।

आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पारिलो घाम लाग्ने सम्भावना कमजोर रहेको महाशाखाका बरिष्ठ मौसमविद् अर्यालले बताए । अहिले तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको छ। 

हाल पुर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

साथै प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाकि भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। 
 

प्रकाशित: Dec 20, 2020| 02:40 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।