काठमाडौं– भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनमाथि बलात्कारको आरोप लागेको छ। बीबीसीका अनुसार मुम्बईकी एक युवतीले उनीमाथि बलात्कार आरोप लगाएकी हुन्।
ती युवतीले हालै आफू दुर्घटनामा पनि परेको बताउँदै आफ्नो ज्यान खतरामा रहेको बताएकी छन्। यसबारे पनि प्रहरीलाई जानकारी दिएको उनको भनाइ छ।
बलात्कार प्रकरणपछि भारतीय जनता पार्टी (बिजेपी) ले मुख्यमन्त्रीको राजीनामा मागेको छ भने भने आरोपबारे सीबीआईले जाँच गर्नुपर्ने माग गरेको छ। उता झारखण्ड मुक्ति मोर्चाले भने बिजेपीले ‘डर्टी पोलिटिक्स’ गरेको आरोप लगाएको छ।
भारतीय राजनीतिको इतिहासमा बहालवाला मुख्यमन्त्रीमाथि यस्तो संगीन आरोप लागेको पहिलो पटक हो।