मंगलबार, भदौ २३, २०८३

कांग्रेस-जसपा छलफल : संसद अधिवेशन तत्काल बोलाउन माग

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने भएका छन्। 
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडौं। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने भएका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज भएको छलफलबाट यस्तो सहमति गरिएको हो। 

छलफलमा लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक संकटलगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी पनि भएकाे छ। 

छलफलमा कांग्रेसको तर्फबाट पार्टी नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू मीनेन्द्रप्रसाद रिजाल र रमेश लेखक उपस्थित थिए। जसपाका तर्फबाट नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई र राजेन्द्र महतो उपस्थित थिए।

प्रकाशित: Dec 19, 2020| 13:16 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।