मंगलबार, भदौ २३, २०८३

लागुऔषधसहित टीकापुरबाट एक युवक पक्राउ

प्रहरीले कैलालीको टीकापुरबाट लागुऔषध (खैरो हिरोइन) सहित एक जनालाई पक्राउ गरेको छ। 
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

धनगढी- प्रहरीले कैलालीको टीकापुरबाट लागुऔषध (खैरो हिरोइन) सहित एक जनालाई पक्राउ गरेको छ। 

ईलाका प्रहरी प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरी टोलीले ६ ग्राम लागुऔषध (खैरो हिरोइन) सहित गौरीगंगा नगरपालिका–९, भैसासुरका २२ वर्षीय विवश बमलाई पक्राउ गरेको हो।

टीकापुर नगरपालिका-७, सोनहा फाँटा सडकखण्डमा हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा तीन वटा प्लाष्टिकको पोकामा राखेको अवस्थामा सो परिणामको लागुऔषध (खैरो हिरोइन) बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

बमलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको बिष्टले बताए।
 

प्रकाशित: Dec 19, 2020| 12:45 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।