मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूमिमन्त्री अर्यालकाे खुलासा- नक्साकाे काम राेक्न प्रलाेभन र धाकधम्की

भूमिमन्त्री अर्यालकाे खुलासा- नक्साकाे काम राेक्न प्रलाेभन र धाकधम्की

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले लिम्पियाधुरासहितकाे नेपालको नक्सा जारी गर्ने क्रममा आफूलाई लोभलालच र धाकधम्की आएको खुलासा गरेकी छन्। 
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले लिम्पियाधुरासहितकाे नेपालको नक्सा जारी गर्ने क्रममा आफूलाई लोभलालच र धाकधम्की आएको खुलासा गरेकी छन्। 

‘नक्साको काम रोक्न निकै ठूलो प्रलोभन र धाकधम्की आएको थियो,’ उनले भनिन्, ‘मैले यसमा खुट्टा नटेकौँ भन्ने चाहेको भए मेरो पुस्ता-पुस्तालाई पुग्ने प्रस्ताव आएका थिए।’

ललितपुरमा भएको एक कार्यक्रममा उनले नेपालको नक्सा सार्वजनिक गर्न चुनौतीका पहाडहरू झेल्नु परेको बताएकी हुन्। 

आफू प्रलोभनमा नपरेको र धाकधम्कीसँग नडराएकै कारण आज मुलुकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा पाएको उनको भनाइ छ। मन्त्री अर्यालले अब जमिन पनि प्राप्त गरिने बताइन्। 

तर, उनले कसले प्रलाेभनमा पार्न खाेजेकाे र धाकधम्की दिएकाेबारे भने केही खुलाइनन्। 

यस्तै उनले सगरमाथाको उचाइ बढेको  विषयलाई विश्वले महत्त्वका साथ हेरेको बताएकी छन्। 

प्रकाशित: Dec 19, 2020| 12:38 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।