धनगढी- प्रहरीले कैलालीको खक्रोलाबाट लागुऔषध (खैरो हिरोइन) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारततर्फबाट लागुऔषध (खैरो हिरोईन) ल्याउदै गरेको अवस्थामा टीकापुर नगरपालिका–८, खक्रौलाबाट २० ग्राम लागुऔषध (खैरो हिरोइन) सहित भारतको उत्तर प्रदेशस्थित लखिमपुरका ३३ वर्षीय जसपाल सिंहलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार ईलाका प्रहरी कार्यालय टिकापुर र लम्कीबाट खटिएको प्रहरी टोलीले सिंहको साथबाट खैरो हिरोईनसहित लागुऔषध नापतौल गर्ने डिजिटल तराजुसमेत बरामद गरेको हो।