मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ, ७ मोटरसाइकल बरामद

मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ, ७ मोटरसाइकल बरामद

कैलालीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुबाट ७ वटा मोटरसाइकल बरामद गरेको छ।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

धनगढी- कैलालीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुबाट ७ वटा मोटरसाइकल बरामद गरेको छ।

मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–२ का १९ वर्षीय अर्जुन बिष्ट, वडा नम्बर १० बस्ने जि.पि. अटोपार्टस्का संचालक २२ वर्षीय पारस बिष्ट, सोही ठाउँ बस्ने २० वर्षीय यमराज बिक, वडा नम्बर ११ बस्ने २२ वर्षीय राजेश चौधरी, सोही ठाउँ बस्ने ३० वर्षीय बिदुर लामिछाने र वडा नम्बर १ बस्ने २० वर्षीय विकास सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

उनीहरुको साथबाट धनगढी उप–महानगरपालिका–१४ का विनय बानियाको से ३ प ३७४, जानकी गाउँपालिका–९ का एकिन्द्र शाहको से ४ प ६४१२, धनगढी उपमहानगरपालिका–७ का नगेन्द्र चौधरीको से ४ प ८८९८, कन्चनपुरको महाकाली नगरपालिका– ९ को बिनोद खड्काको सु प प्र ०२००३ प २५८२, धनगढी उप–महानगरपालिका–२ का लालबहादुर शाहीको म १ प ६४३२, सवारी धनी नखुलेको हाल नम्बर प्लेट म १ प ९१८१ नम्बरको मोटरसाइकल र हाल नम्बर तथा सवारी धनी नखुलेको मोटरसाइकल बरामद गरिएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। उनीहरुले नम्बर परिवर्तन गरेर मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

यसरी पक्राउ परे मोटरसाइकल चोर

धनगढीस्थित मालपोत कार्यालय अगाडि पार्किङ्ग गरेर राखिएको अवस्थामा से ३ प ३७४ नम्बरको मोटरसाइकल चोरी भएको खबर प्राप्त भएपछि प्रहरीले खोजतलासलालाई अगाडि बढायो।

मंसिर २९ गते दिउसो १२.५० मा खबर पाएको प्रहरीले खोजतलासी गर्दा घोडाघोडी नगरपालिका–२, साँडेपानीका अर्जुन बिष्टलाई सो मोटरसाइकल चलाइरहेको अवस्थामा सोही दिन दिउसो ४.२० बजे घोडाघोडी नगरपालिका–१०, पहलवानपुरबाट पक्राउँ गर्यो। बिष्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दै जाँदा अन्य पनि पक्राउ परेको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

पक्राउ परेका मोटरसाइकल धनी खुल्न आएपछि प्रहरीले सवारी धनीको जाहेरीपछि पक्राउ परेकाहरुविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

प्रकाशित: Dec 19, 2020| 12:08 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।