मंगलबार, भदौ २३, २०८३

प्रदेश १ मा सडकमा बस्नेहरुको उद्धार गरिँदै

प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

विराटनगर- प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ।

सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रमअन्र्तगत पुस ९, १० र ११ गते भित्रमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक विहिन) सडक मानवहरुको उद्धार गरिने सामाजिक विकास मन्त्रालयले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। 

पूर्वपश्चिम राजमार्ग केन्द्रित कार्यक्रम अन्र्तगत पहिलो चरणमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी मानवहरुको उद्धार गर्न लागिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए।

अभियानअन्र्तगत उद्धार गरिसकेपछि ३ जिल्लाका स्थानीय तहहरुले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सडक घोषणा गर्ने उनले बताए। १४ वटै जिल्लाका स्थानीय तहले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सडक घोषणा गरेपछि प्रदेशलाई आगामी बैशाख मसान्तभित्रमा सडकआश्रित मानवमुक्त घोषणा गरिने मन्त्री घिमिरेले बताए।

राजमार्ग केन्द्रित कार्यक्रमपछि प्रदेश १ का अन्य जिल्लामा अभियान शुरु गरिने उनले बताए। उनले भने, ‘प्रदेश १ का सडकमा मागेर हिड्न पाईने छैन।’ उद्धार गरिएकाहरुलाई तीन स्थानमा राख्ने तयारी गरिएको मन्त्री घिमिरेले बताए। उनका अनुसार उद्धार गरिएका बालबालिकालाई सुनसरी इटहरीको भ्वाइस अफ चिल्ड्रेन (भीओसी), अपाङ्गता भएकाहरुलाई झापाको खगेन्द्र नवजीवन केन्द्र र अन्यलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ। तीन जिल्लाबाट उद्धार गरिएकाहरुलाई एकै स्थानमा राखेर सरसफाई, स्वास्थ्य परिक्षण र लुगा फेरेर आश्रम प्रवेश गराइने छ।

आश्रम प्रवेशअघि प्रदेशका मन्त्री, सभामुख, लगायतको उपस्थितिमा सहभोज गराइने कार्यक्रम रहेको मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन्।  

पुस ८ गतेसम्म झापा, मोरङ र सुनसरीका सबै स्थानीय तहहरुले सहयोगापेक्षी मानवहरुको खोजी तथा सूचना संकलन गरी सामाजिक विकास मन्त्रालयलाई जानकारी गराउनुपर्ने मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए।

उनका अनुसार पुस ८ गतेभित्र झापा, मोरङ र सुनसरीका स्थानीय तहहरुले सहयोगापेक्षी सडक मानवमुक्त बनाउने प्रतिबद्धता जनाउनु पर्नेछ। मानव सेवा आश्रमसँगको सहकार्यमा पुस ७ र ८ गते तीन जिल्लाका सडक बालबालिका र पुस ९ देखि ११ गतेसम्म मानसिक रोगी, असहायहरुको उद्धार गरिने सचिव कार्कीले बताए।

मानव सेवा आश्रमले पुस ७ देखि माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली) सञ्चालन गर्दैछ। अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले जानकारी दिए। उनका अनुसार मानव सेवा आश्रम विराटनगरले उद्धार गरिएका १५० जना राख्न सक्ने गरिको क्षमता विस्तार गरेको छ। 

प्रदेश १ सरकारले चालु आर्थिक बर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा समेत बेसहारा भई सडकमा रहेका सहयोगापेक्षी सडक मानवहरुको सरकारी र सामाजिक विकास संघ संस्थाको सहकार्यमा उद्धार तथा पुर्नस्थापना गर्दै सडकमा आश्रय लिनुपर्ने बाध्यताको अन्त्य गरिने उल्लेख छ। 

प्रकाशित: Dec 19, 2020| 11:40 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।