मंगलबार, भदौ २३, २०८३

प्रदेश १ मा ६७० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७० जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ६६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन्।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७० जना डिस्चार्ज भएका छन्।

होम आइसोलेसनबाट ६६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ६० पुगेको छ।  

प्रदेश १ मा शनिबार ६५ जना संक्रमित थपिएका छन्। ५३१ जनाको पीसीआर परीक्षण गर्दा ३६ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। मोरङमा २१, झापामा १९, सुनसरीमा १७, इलाममा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको । 

मोरङको विराटनगरमा १२, सुन्दरहरैचामा ४, पथरीशनिश्चरेमा २, रतुवामाई, केराबारी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ८, दमकमा ४, शिवसताक्षीमा ३, मेचीनगर, कचनकवल, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ८, इटहरीमा ६, इनरुवा, बराहक्षेत्र र दुहवीमा १–१, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार २९५ पुगेको छ। 

प्रकाशित: Dec 19, 2020| 10:55 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।