मंगलबार, भदौ २३, २०८३

संकट टार्न भन्दै घोडाघोडी मन्दिरमा दिइयो पशु बलि

कोरोना महामारीका बीच कैलालीको घोडाघोडी मन्दिरमा पशु तथा पंक्षीको बलि दिइएको छ।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

धनगढी- कोरोना महामारीका बीच कैलालीको घोडाघोडी मन्दिरमा पशु तथा पंक्षीको बलि दिइएको छ।

थारु समुदायकाे लवाङ्गी पूजाको अवसरमा घोडाघोडी मन्दिरमा कखुरा, बोका र बंगुरको बलि दिइएको हो।

घोडाघोडी नगरपालिका नगरस्तरीय भलमन्सा कार्य समितिका संयोजक बुधराम चौधरीले ६६० कुखुरा, ६५ बोका र २ वटा बंगुरको बलि दिइएको बताए। 

बलि नदिइए ठूलो मानवीय क्षती हुने तथा संकट आइपर्ने भन्ने विश्वासका आधारमा यो मन्दिरमा पशु पंक्षीको बलि दिइँदै आएको मन्दिरका पूजारी गुरुवा परशुराम कठरियाले बताए।

भाकल गरेका तथा नगरेका व्यक्तिहरु जिल्लाका विभिन्न गाउँबाट आएर वर्षमा एक पटक कुखुरा, बोका तथा बंगुरको बलि दिने गरेको गुरुवा परशुराम कठरियाले बताए। 

विगतमा थारु समुदायले मात्र बलि दिँदै आएकोमा पछिल्लो समय गैर थारुहरुले समेत मन्दिरमा बलि दिने गरेको कठरियाले बताए। 

रामसार सूचीमा सूचीकृत घोडाघोडा ताल क्षेत्रमा अन्य वर्ष लवाङ्गी पूजा तथा घोडाघोडी महोत्सवको आयोजना गरेर बलि दिने गरिएको भए पनि यस वर्ष भने कोरोनाभाइरस महामारीका कारण बलि मात्र दिइएको बताइएको छ। 

थारु समुदायले घोडाघोडी मन्दिरलाई घोरीघोरा (घोडीघोडा) मन्दिर भन्ने गर्दछन्। थारु समुदायहरुले घोडाघोडी मन्दिरलाई कुल देउताको रुपमा वर्षभरि गरेका खेती र जीवन रक्षाका लागि थारु रितिरिवाज अनुसार पूजा तथा बलि चढाएपछि नयाँ अन्न भित्र्याएर खाने चलन छ। जसलाई थारु समुदायले लवाङ्गी पूजा भन्ने गर्दछन्।

प्रकाशित: Dec 19, 2020| 10:20 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।