मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाललाई भेटेपछि मन्त्रीहरुलाई भेट्न पुल्चोक पुगे ओली

दाहाललाई भेटेपछि मन्त्रीहरुलाई भेट्न पुल्चोक पुगे ओली

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको निवास पुल्चोक ललितपुर पुगेर भेटघाट गरेका छन्।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको निवास पुल्चोक ललितपुर पुगेर भेटघाट गरेका छन्।

नेकपा अध्यक्षसमेत रहेका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उनको निवास खुमलटारमै पुगेर भेटेपछि पुल्चोक पुगेर मन्त्रीहरुलाई भेटेका हुन्।

अध्यक्ष ओलीले पुल्चोकमा पुगेर सुरुमा गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेका थिए।

बादलसँगको छलफलपछि अरु मन्त्रीहरुलाई पनि बादलकै निवासमा बोलाएर भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रीहरुसँगको भेटमा ओलीले समसामयिक राजनीतिबारे छलफल गरेको बताइएको छ।

साथै आफूले अर्का अध्यक्ष दाहाललाई भेट गरेको र भेटमा सरकारका कामबारे दाहालले राखेको चासो, अध्यादेश फिर्ताको विषय पनि मन्त्रीहरुलाई जानकारी गराएको बताइएको छ।

अध्यक्ष ओली लामो समयपछि बालुवाटारबाट निस्किएर विभिन्न ठाउँ पुगेका हुन्।

आफ्नो मिर्गौलाको अपरेशन र त्यसपछि कोरोना भाइरसको महामारीयता ओली बालुवाटार बाहिर नेताहरुलाई भेट्न खासै निस्किने गरेका थिएनन्।
त्यसयता मन्त्रिपरिषद् बैठकसमेत बालुवाटारमै बस्दै आएको छ।

प्रकाशित: Dec 19, 2020| 08:25 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।