काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच झण्डै २ घण्टा लामो छलफल भएको छ।
बिहान ११ बजे ओली दाहाल निवास खुमलटार पुगेका थिए। दुई अध्यक्षबीच नेकपाभित्र लामो समयदेखि जारी विवाद समाधानबारे छलफल भएको बताइएको छ।
भोलि स्थायी कमिटी बैठक बस्नुअघि यसअघि स्थायी कमिटी बैठकमा पेश भएका राजनीतिक प्रस्ताव र सरकारले जारी गरेको संवैधानिक परिषद्को बैठक सम्बन्धी अध्यादेश फिर्ता गर्नेबारे छलफल भएको बुझिएको छ।
यसअघि नै अध्यक्ष ओलीले उक्त अध्यादेश फिर्ता गर्ने प्रतिबद्धता गरे पनि फिर्ता गरेका छैनन्।
बैठकमा दुई उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका थिए।