मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई अध्यक्षबीच छलफल चलिरहँदा खुमलटार पुगे नेकपाका उपाध्यक्ष गौतम  

दुई अध्यक्षबीच छलफल चलिरहँदा खुमलटार पुगे नेकपाका उपाध्यक्ष गौतम  

 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडौं– पार्टीमा विवाद चुलिएकै बेला गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि त्यसले सिंगो देशमा राजनीतिक तरंग ल्यायो।

अध्यादेशका कारण नेकपाको विवादले झन चरम रुप लिएका बेला नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली  पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न यतिबेला खुमलटारमा छन्। 

दुई अध्यक्षबीच छलफल चलिरहेकै बेला नेकपाका उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत तस्विर सार्वजनिक गर्दै दुई अध्यक्षको छलफलका बीचमा गौतम पनि उपस्थित भएको जनाएका छन्।

दुई अध्यक्षबीच छलफल भइरहँदा गौतमको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

पार्टी र पार्टी बाहिर अध्यादेशको चर्को बिरोध भएपछि ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए। यद्यपि उनले अध्यादेश फिर्ता नलिएपछि विवाद झन चरम बन्दै गएको छ। 

प्रकाशित: Dec 19, 2020| 06:38 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।