मंगलबार, भदौ २३, २०८३

बैतडीका थप तीन ठाउँमा बीओपी स्थापना हुँदै

भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बीओपी) स्थापना हुने भएका छन्। 
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

बैतडी– भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बीओपी) स्थापना हुने भएका छन्। 

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट, बलारा र दशरथचन्द नगरपालिकाको बाराकोटमा बीओपी स्थापना हुने भएका हुन्। 

सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले भने, ‘सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो।’

यसअघि सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखी सशस्त्र प्रहरीले जिल्लाका झुलाघाट नाका, पञ्चेश्वरको रोलघाट र शिवनाथको कुस्मौत घाटमा बिओपी स्थापना गरेर सेवा दिइरहेको छ। 

प्रकाशित: Dec 19, 2020| 06:12 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।