मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकाले फाइजरपछि मोडर्ना भ्याक्सिनलाई पनि स्वीकृति दियो

अमेरिकाले फाइजरपछि मोडर्ना भ्याक्सिनलाई पनि स्वीकृति दियो

अमेरिकी सरकारले मोडर्ना कम्पनीको कोभिड– १९ भ्याक्सिनलाई स्वीकृति दिएको छ।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

एजेन्सी-  अमेरिकी सरकारले मोडर्ना कम्पनीको कोभिड– १९ भ्याक्सिनलाई स्वीकृति दिएको छ।

अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले फाइजर÷बायोएनटेक भ्याक्सिनलाई स्वीकृति दिएको एक सातापछि मोडर्नालाई पनि मञ्जुरी दिएको हो।

अमेरिकाले मोडर्ना भ्याक्सिनको २० करोड मात्रा खरिद गरेको छ। यसमध्ये ६० लाख मात्रा आपूर्तिका लागि तयार रहेको मोडर्नाले जनाएको छ।

विश्वमा कोरोेना भाइरसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा देखिएको छ। त्यहाँ संक्रमणकै कारण तीन लाख ११ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या एक करोड ७२ लाख नाघिसकेको छ।
 

प्रकाशित: Dec 19, 2020| 04:45 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।