काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता सत्याग्रही डा गोविन्द केसी उखु किसानका मागप्रति समर्थन जनाउन शनिबार दिउँसो माइतीघर मण्डला जाने भएका छन्।
दुःख गरेर उखु बिक्री गरेको पैसा ०७१ सालदेखि नपाएको, सरकारले दिएको अनुदान उद्योगले नै खाएको भन्दै उखु किसानले केही दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेक छन्।
उनीहरुका माग जायज भएको भन्दै डा केसी ऐक्यवद्धता जनाउन आज माइतीघर मण्डला जाने बताइएको छ।