मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश सरकार जडीबुटी उत्पादन गर्ने नर्सरी स्थापना गर्दै

प्रदेश सरकार जडीबुटी उत्पादन गर्ने नर्सरी स्थापना गर्दै

वाग्मती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम थालेको छ। 
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

वाग्मती– वाग्मती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम थालेको छ। 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय परिसर हेटौँडामा सात लाखको लगानीमा प्रविधियुक्त नर्सरी स्थापानको काम सुरु भएको निर्देशनालयका सहायक वन अधिकृत गोविन्द अर्यालले जानकारी दिए। 

कोरोना सङ्क्रमणपछि रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गर्न आवश्यक प्रजातिका बिरुवा नयाँ प्रविधिबाट उत्पादन हुनेछन्। गुर्जो, असोगन्धा, तुलसी र सर्पगन्धा प्रजातिका गरी कूल ३० हजार वटा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको वन निर्देशनालयले जनाएको छ । 

उत्पादित बिरुवा मागअनुसार प्रदेशभरिका १३ वटै जिल्लासहित अन्य जिल्लाको मागका आधारमा सर्वसाधारणलाई निःशुल्करुपमा  वितरण गर्ने योजना रहेको सहायक वन अधिकृत अर्यालले जानकारी दिए।

आगामी विसं २०७८ को असार मसान्तसम्म बिरुवा तयार गरिने छ। गुर्जो, सर्पगन्धा र असोगन्धा रोपेको एक वर्षमा र तुलसी पाँच–छ महिनामा तयार भई सेवनका लागि उपयुक्त हुने निर्देशनालयले जनाएको छ। 

प्रकाशित: Dec 19, 2020| 01:52 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।