मंगलबार, भदौ २३, २०८३

नेफेजमा फेरि विश्वकर्मा

नेपाल वातावरण पत्रकार समूह (नेफेज) को ३५औँ साधारणसभाले सर्वसम्मतबाट कसमस विश्वकर्माको अध्यक्षतामा दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडौं- नेपाल वातावरण पत्रकार समूह (नेफेज) को ३५औँ साधारणसभाले सर्वसम्मतबाट कसमस विश्वकर्माको अध्यक्षतामा दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले कोभिड–१९ महामारीका कारण भर्चुअल मिटिङ मार्फत साधारणसभा सम्पन्न गरेको हो। 

शुक्रबार सम्पन्न साधारणसभाले अध्यक्ष विश्वकर्मासहित उपाध्यक्षमा चन्द्रशेखर कार्की, महासचिवमा निमेष रेग्मी, सचिवमा प्रगति ढकाल, कोषाध्यक्षमा सविन शर्मालाई चयन गरेको छ । 

सदस्यमा महिलातर्फ सृष्टि काफ्ले र सुजाता कार्की, पुरुषतर्फ छेटु शेर्पा र रविन सायमी चयन भएका छन् छ भने विज्ञ सदस्यमा महिलातर्फ मधुदेवी घिमिरे र पुरुषतर्फ बटुकृष्ण उप्रेती चयन भएका छन्।

यसैगरी लेखा समितिमा गोपाल तिवारीको संयोजकत्वमा सोमनाथ लामिछाने र रञ्जना पौडेल चयन भएका छन्। 

नेफेजले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार आयोमेलमा कार्यरत पत्रकार यम बमलाई प्रदान गरेको छ । 

नयाँ कार्यसमितिमा विज्ञ महिला सदस्य घिमिरे र महिला सदस्य सृष्टि काफ्लेबाहेक अन्य पदाधिकारी तथा सदस्य अघिल्लो कार्य समितिमा पनि थिए।

साधारणसभाले समुहका तत्कालित सदस्य मुराहरी शिवाकोटीलाई मानार्थ सदस्यता प्रदान गरेको छ । साधारणसभामा गत एक वर्षमा भए÷गरेका कामकारबाही बारे महासचिव निमेष रेग्मी, आयव्यय विवरण कोषाध्यक्ष सविन शर्माले तथा लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक गोपाल तिवारीले प्रस्तुत गरेका थिए।
 

प्रकाशित: Dec 19, 2020| 00:48 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।