मंगलबार, भदौ २३, २०८३

सर्वोच्च बारमा नयाँ नेतृत्वका लागि आज निर्वाचन 

काठमाडौं- सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज शनिबार निर्वाचन हुँदैछ।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडौं- सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज शनिबार निर्वाचन हुँदैछ।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानुन व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन्।

सर्वोच्च बारको प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा सदस्य जम्मा ६०५ जना कानुनी व्यवसायीले मतदान गर्दैछन्। बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ ।

सर्वोच्च बारका सदस्यमा कोभिडको सङ्क्रमण भएको सदस्य भएमा लाइनमा नबसीकन सिधै मतदान गर्ने व्यवस्था गरिएको छ । सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामग्री कागज बाँडने काममा प्रतिवन्ध लगाएको छ ।
 

प्रकाशित: Dec 19, 2020| 00:41 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।