मंगलबार, भदौ २३, २०८३

प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

होम आइसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र न्यूरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३९० पुगेको छ।

प्रदेश १ मा शुक्रबार ४३ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा १४, मोरङमा १२, झापामा ६, ताप्लेजुङमा २, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीको इटहरीमा ७, धरानमा ५ र रामधुनीमा २, मोरङको विराटनगरमा ५, केराबारी र ग्रामथानमा २–२, उर्लाबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर र बुद्धशान्तिमा १–१, ताप्लेजुङको पाथीभरा याङवरक र मैंवाखोलामा १–१, संखुवासभाको खाँदबारी र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार २३० पुगेको छ। 

प्रदेश १ मा शुक्रबार ५६२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २१ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म २ लाख ३ हजार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 18, 2020| 10:35 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।