काठमाडौं- पछिल्लो २४ घण्टामा ७८२ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै हालसम्म जम्मा संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार २९ रहेको छ।
हालसम्म २ लाख ४१ हजार ३९२ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १६ रहेको छ। हालसम्म १ हजार ७६५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।