काठमाडौं- गृहमन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) साथै अन्य कर्मचारीको सरुवा/पदस्थापन गरेको छ।
मन्त्रिस्तरीय निर्णय अनुसार ललितपुर, महोत्तरी, धनकुटा, गुल्मी, रामेछाप, भोजपुर, डोल्पा, खोटाङ, मुगु, पाँचथर र तेह्रथुममा सीडीओको सरुवा/पदस्थापन गरेको होे।
