मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको प्रदेश १ को गुटगत भेला पेरिसडाँडामा, दाहाल र नेपालले सम्बोधन गर्ने

नेकपाको प्रदेश १ को गुटगत भेला पेरिसडाँडामा, दाहाल र नेपालले सम्बोधन गर्ने

केहि दिन विद्यार्थी संगठनको गुटगत भेला गरेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निकट समुहले आज प्रदेश नम्बर १ को भेला गर्ने भएको छ। 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले उग्र रुप लिएसँगै गुटगत भेलाले तिब्रता पाएको छ ।  

केहि दिन विद्यार्थी संगठनको गुटगत भेला गरेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निकट समुहले आज प्रदेश नम्बर १ को भेला गर्ने भएको छ। 

पेरिसडाँडास्थित नेकपाकै पार्टी कार्यालयमा आज प्रदेश नम्बर १ को भेला तथा छलफल कार्यक्रम हुन लागेको हो । 

दिउँसो १ बजे आयोजना हुने कार्यक्रमलाई नेकपाका कार्यकारी अध्यक्ष दाहाल वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रदेश कमिटीका सचिव सुरेशकुमार राईले दिउँसो आयोजना हुने भेलामा प्रदेश १ का सबै जिल्लाका अध्यक्ष, सचिवहरुको सहभागिता रहने छ। त्यस्तै प्रदेश १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद उपस्थित हुने कार्यक्रम रहेको छ।

भेलामा उपत्यकामा रहेका प्रदेश १ का पार्टी कमिटीका नेता कार्यकर्ताहरुको पनि सहभागिता रहने बताइएको छ। 

पार्टीभित्र अहिले देखिएको समस्याका बारेमा नेता कार्यकर्तालाई जानकारी दिन भेला आयोजना गरिएको बताइएको छ। 

प्रकाशित: Dec 18, 2020| 06:10 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।